Wednesday, October 14, 2020

बेपत्ता

 


कबिताको शिर्षक छ.. श्रीमती हराएको मान्छे !
यो अहिलेको लक डाउन परिबेशमा, सधै बाहिर डुली हिड्ने बानी भएको तर हप्तौ देखि घर मै बस्न बिबश एउटा श्रीमान जो आफ्नो श्रीमतीबाट र अप्रत्यक्ष रुपमा कोरोना भाइरसबाट कसरी पिडित भएको महसुस गर्दैछ भन्ने प्रसङ्गमा उस्ले पोखेको दुख, ब्यथा, पीडाहरु समेट्न खोजिएको कोसिस हो। यो पुर्णतया काल्पनीक भए पनि कसैलाई झुक्किएर मिल्न गएमा.. खुच्चिङ्ग, खुच्चिङ्ग खुच्चिङ्ग!
महामारी चलीराखेको छ म त्रसित छु यो के भयो ?😲 आखिर कसरी भयो ?🤔
भाइरस के हो? यस्को अनुहार कस्तो हुन्छ कुन्नी? सुन्छु नेताहरु ठट्टा पो गर्दैछन आजभोली भाइरस त निर्जिब तत्त्व हो रे यो सब बोसोको खेल हो भन्छन डा ओली डा ट्रम्प चै भन्छन किटाणुनासक रसायनको इन्जेक्सन लाउने हो कि?
कुरा बुझ्न गार्हो छ बाहिर ननिस्कन सरकारको आदेश छ मास्क लगायेको छु महिना कटि सक्यो हात धोको धोइ छु नुहाउनु चै पर्छ कि पर्दैन कुन्नि?
बाहिर जाउ, भाइरसको भय घरै बसुम्, श्रीमतीको डर सपनामा त तर्साउ थियौ अब त बिपनामा पनि यातना दिन सुरु हुने हो कि?
जुन कोठोमा जाउ भान्छा, बैठक, तल, माथी पाउछु साथ तिम्रो कहिले नछुट्ने छाया सरि उ बेलामा नछुट्टिने कसम खाको मलाइ त लाग्छ आज कै लागि हो कि? २ मिटर दुरि राख्ने नियम घरमा किन लागू हुन्न कुन्नि ?
रामायणको समयमा राम लक्ष्यमणको बनबास अहिले मेरो घरबास घरैमा उठिबास यो चाल कस्ले किन चल्यो कुन्नि ?
अस्ति सम्म हनुमान झै उडि हिडे गार्हो छ आज घाम देख्न पनि यो सितेको किड्न्याप हुने चान्स छ कमी मेरो हरेक चालको अनुमान गर्छे उल्टै घरमा वसीवसी रोकतोक गर्छे मेरो हरेक कामकुराहरु अनुगमन गर्छे मलाइ त थाहा नै थिएन पढाइ कत्ती थियो उस्को? जासुसीमा पो रैछ डिग्री।
घरमा न चुनाब हुन्छ न प्रजातन्त्र को कदर बोल्ने अधिकार हनन भा'छ जुलुस निकाल्न बन्देज ला'छ दिनदिनै नया अध्यादेस जारी गर्छे यो घरको खडक प्रसाद ओली।
सम्झदा सपना जस्तो लाग्छ पहिले दिन दिनै काममा जादा उनी सङ्ग छुट्नु पर्दा क्या बेइमान लाग्थ्यो यो जिन्दगी तस्बिर हेरेर चित्त बुझाउनु पर्थ्यो अब न तस्बिरको जरुरी न फोन गर्नु, न कतै जानू बेइमान त यो भाइरस पो हो कि?
कोरोनाको दिन खै कत्ती छ बाकी? तर यी बाकी दिनहरु काट्ने कसो गरि? अहिले नेपाल के? सन्सारै बन्द, ब्यापर मन्द! अडेको छ समय तर घरमा सलबलायेको देख्छु मेरी श्रीमती।
भाइरसले फोक्सोमा आक्रमण गर्छ रे त्यसैले बाहिर जान डराउछु काम गरेको नै छु घरमा पकाको छु भाडा माझेकै छु तर बड्दो छ श्रीमतीको दिनदिनै अत्याचार अत्ती।
अस्ति तरकारिमा नुन हाल्न बिर्सदा पनि घाँटी अठ्याइन उस्ले पहिले त दालभात पस्किन्थे अहिले त हातपात गर्न अघि सर्छे अब कसै गरि मेरो सास फुस्कने सम्भावना बढेको पो हो कि?
हस्पिटलमा भ्यान्टिलेटरको कमी छ रे घरमा भ्यान्टिलेसनको हावा प्रदुषित छ अक्सिजनको कमी छ तर बाहिर गए पुलिसको लाठी चार्ज गर्छ घरमा इन्चार्ज छे श्रीमती।
खोकी लागेर बोझो माग्दा मेरो मुखमा बुझो पो लाइदिइन उस्ले। अस्ति एकदिन ३९ डिग्रीको ज्वरो आउँदा पनि सुख पाइन मेरै ढाडमै सेकेर पाउरोटी खाइन उस्ले। धेरै ताते पसिनै छुट्यो फृजमा लगेर हालिदिइन उस्ले। धन्नै जमेर मुटुको प्रेसर डाउन भो यो जिन्दगीको तापक्रम मिलाउन सारै गार्हो बनाइन उस्ले।
सफै नगर्ने ठाउ पनि फोहोर देखाइन उस्ले मोदिको सरसफाइ अभियान मित्रो! यो घरमा पो चलाइन उस्ले। पुछ्नै नपर्ने ठाउमा पनि पुछ्न लागाइन उस्ले सास फुल्यो, आराम गर्छु एकैछिन भन्दा अल्छी भयो, ब्यायाम पुगेन भनी छतमा लगिन उस्ले। फेसबुकमा लाइभ गयेर मलाइ सये चोटि उठ्बस गर्न लगाइन उस्ले इन्टेर्नेट्को कनेस्कन गयो भनेर अर्को फेरि सये उठ्बस दोहोराइन उस्ले। खुट्टा मलाइ दुखेको थियो मालिस आफैलाइ पो गर्न लगाइन उस्ले।
लौ यो लक डाउनले के गर्यो? मेरो घरको ठेगाना त छ तर ठेगान् आफ्नो हराइन उस्ले।
मुहार चन्द्रमा जस्तो थियो कुनै बादलले पो छेक्यो की?
पात्रो हेर्ने भ्याएको थिएन औँशीको दिन लम्बियो कि?
कन्या राशी थियो उन्को सिह कसरी हुन गइ?
उस्को आँखा राम्रो थियो कसैको आँखा लाग्यो कि?
कान मिलेको थियो कसैले कानेखुसी गरिदियो की?
बोली लड्डु जस्तो गुलियो थियो काचै करेला चपाइन कि?
अनुहार त झनै राम्रो थियो मेक अप गरेकी पो थिइन कि?
साच्चैमा भन्नू पर्दा म त घर मै बसी बसी श्रीमती हरायेको मान्छे!
खोजी राखेको छु उनीलाइ भेटेको छैन अझै
रिपोर्ट गरेको छु समाचार आएको छैन
पत्रिकामा छापेको छु खबर पाएको छैन।
बयान गरेको थिएँ यसरी विस्तारमा.. नपाउने त फेरि शंकै थियन।
खबर आयो चारै तिरबाट सबैको यउटै कुरो थियो कसैले सान्तवना भने दिएनन् कसैले गरे गाली कसैले दिए सुझाव कसैले सोधे प्रस्न? तर सबैले भन्थे त्यहि "म पनि तिमी जस्तै श्रीमती हरायेको मान्छे।" के गर्ने, कहाँ खोज्न जाने? हामीलाई नी शोक छ बयान एकदमै मिल्दो जुल्दो छ लान्छौ भने मेरै लैजाउ बरु तिम्रो श्रीमती त खै कुन्नी।
मेरो पछी हात धोयेर लागी परेको त थियौ नै हिजोआज त झन राजनितीमा पनि हात हाल्न थाली छ भाइरसको समस्या जटिल छ भनेर अस्ति प्रधानमन्त्री डा ओलीलाई फोन गरिछ यो लक डाउन अझै लम्ब्याउने सुझाब पनि दिइछ।
तर आशा गर्छु एकदिन श्रीमती आउने छन घर फर्किएर। राणा शासन त टुङ्गियो एकदिन भाइरसको रस पनी सुक्ने छ।
अहिलेको लागि खुसी छु धन्य छु किन की अझै केही बितेको छैन भाग्यले म अझै जिवितै छु।
लौ हिडे अहिलेलाई अलबिदा दालभात पकाउने पालो आज फेरि मेरै छ।
धन्यवाद ।

No comments :